punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धरानका मेयर साम्पाङलाई कारबाहीको माग गर्दै स्थानीय बासिको प्रदर्शन

Chaupati
safha napa

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई कारबाहीको माग गर्दै स्थानीय बासिन्दाले प्रदर्शन गरेका छन्।

मंगलबार धरान–१३ का बासिन्दाले मेयर साम्पाङलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय, सुनसरी अगाडि प्रदर्शन गरेका हुन्।

मेयर साम्पाङले धरान–१३ को अमर बस्तीस्थित खहरेखोला थुनछेकका लागि लगाइएको ग्याबिन पर्खाल भत्काएको भन्दै स्थानीयले मेयर साम्पाङ विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए। प्रशासनले कारबाही प्रक्रिया अघि नबढाएपछि धर्ना दिनुपरेको अमर बस्ती उपभोक्ता समितिका अध्यक्ष राजु राईले बताए।

सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले आन्दोलनमा उत्रिएका स्थानीय बासिन्दालाई ग्याबिन पर्खाल भत्काएको विषयमा छानबिन गर्ने बताएका छन्। प्रजिअ तिवारीले दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएपछि धर्ना रोकेर फर्किएको स्थानीय अमर राईले बताए।

मेयर साम्पाङले असार ११ गते धरान–१३ स्थित खहरे खोलाको ग्याबिन पर्खाल भत्काएका थिए। करीब ३० मिटर पर्खाल भत्काइएको राईले बताए। यस विषयमा स्थानीय बासिन्दाले असार १३ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए।


१८ असार २०८१, मंगलवार १९:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु