देउवाले बोलाए प्रमुख तीन दलका शीर्ष नेताको बैठक

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रमुख तीन दलका शीर्ष नेताको बैठक बोलाएका छन् ।

देउवाले राष्ट्रिय सरकार निर्माणका विषयमा छलफल गर्न एमाले र माओवादीका शीर्ष नेताको बैठक बोलाएका हुन् ।

देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरी बैठकमा सहभागी हुन आग्रह गरेका छन् ।

देउवाले आजै साँझ हाल प्रतिपक्षमा रहेका दलका नेताहरुलाई पनि बुढानिलकण्ठमा छलफलका लागि बोलाएका छन् ।


१८ असार २०८१, मंगलवार १७:२४ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु