संविधान संशोधनको पक्षमा उभिने राप्रपाको निर्णय
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संविधान संशोधनको पक्षमा उभिने निर्णय गरेको छ।
मंगलबार बसेको राप्रपा पदाधिकारी बैठकले परिस्थितिको मूल्यांकन गर्दै संविधान संशोधनको पक्षमा उभिने निर्णय गरेको हो ।
पदाधिकारी बैठकमा सहभागी राप्रपाका प्रमुख सचेतकसमेत रहेका प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले नयाँ परिस्थिति मूल्यांकन गरेर राप्रपा संविधान संशोधनको पक्षमा उभिने बताए ।
पदाधिकारी बैठकले नेपाली कांग्रेस र नेकपा एमालेको नयाँ गठबन्धनअनुसार गठन हुने सरकारमा सहभागी हुनेबारेमा भने कुनै निर्णय नगरेको शाहीले बताए ।
१८ असार २०८१, मंगलवार १७:१८ बजे प्रकाशित