‘फिल्मी शैली’मा एक व्यवसायीको घरबाट दुई करोड रुपैयाँ लुटपाट

भक्ततपुर । सूर्यविनायक नगरपालिका वडा नं ४ दधिकोटस्थित एक व्यवसायीको घरबाट दुई करोड रुपैयाँ लुटपाट भएको छ ।

आफूहरू प्रहरी भएको र खानतलासीका लागि आएको भन्दै चार जनाको समूहले दधिकोटका एक व्यवसायीको घरमा पसेर लुटपाट गरेको परिवारको दाबी गरेको हो ।

उक्त घटना मंगलबार राति भएको र अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीले यस घटनाले गोप्य राखेको छ ।

सीसीटीभी फुटेजमा चार–पाँचजनाको समूह व्यवसायीको घरमा पसेको देखेपछि सोही फुटेजका आधारमा अनुसन्धान अगाडी बढाएको डिएसपी बसन्त पाठकले बताए ।

घटनाको भक्तपुर प्रहरी र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलिले संयुक्त रुपमा थप अनुसन्धान गरिरहेको छ । घरमा दुई करोड पैसा पनि कसरी आयो भन्नेतिरबाट पनि प्रहरीले अनुसन्धान अगाडि बढाएको जनाएको छ ।


९ असार २०८१, आइतवार १६:३७ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु