punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अछामको मङ्गलसेनमा स्वचालित मौसम मापन केन्द्र स्थापना

Chaupati
safha napa

धनगढी । तापक्रम, वायु र वर्षा मापन गर्ने गरेर अछाम सदरमुकाम मङ्गलसेनमा स्वचालित मौसम मापन केन्द्र स्थापना गरिएको छ।

मङ्गलसेन नगरपालिका र त्रिभुवन विश्वविद्यालय जल तथा मौसम केन्द्रीय विभागको समन्वयमा मङ्गलसेन नगरपालिका–३ को वडा कार्यालयनजिक मापन केन्द्र स्थापना गरिएको हो ।

जलवायु परिवर्तन र मौसमका सूचना समयमै सहज रूपमा प्राप्त गर्न मापन केन्द्र सञ्चालनमा ल्याइएको हो । मापन केन्द्रले यस क्षेत्रको तापक्रम, वर्षा, हावाको गति, माटोको तापक्रम मापन गरेर तथ्याङ्क उपलब्ध गराउने छ।

मापन गरिएका तथ्याङ्क प्रत्येक आधा घण्टाको फरकमा जानकारी लिन पाइने विश्वविद्यालयका सहप्राध्यापक डा. मदन सिग्देलले जानकारी दिए। “अहिलेको जलवायु परिवर्तन र विपत् न्यूनीकरणका लागि मापन केन्द्रले राम्रो भूमिका खेल्ने छ,” सिग्देलले भने।

मापन केन्द्रको जानकारी लिएर यस क्षेत्रका नागरिकले दैनिक कार्य गर्नेसँगै सम्भावित क्षतिबाट बच्न सकिने मङ्गलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहोराको भनाइ छ। मापन केन्द्रबाट चाँडै सूचना दिने गरी प्रक्रिया अघि बढाइने नगरप्रमुख बोहराले जानकारी दिए।

स्वचालित मौसम केन्द्रमा मापन गरिएको तथ्याङ्क निर्देशनालयको वेबसाइटबाट जानकारी लिन सकिने गरी काम हुने विश्वविद्यालयकै सहप्राध्यापक सुनील आचार्यको भनाइ छ।

उक्त मापन केन्द्रमा यस क्षेत्रको माटोमा हुने तापक्रमको पनि सूचना दिने भएकाले कृषकले आफ्नो खेतबारीमा लगाएको नगदे र अन्य बालीमा पानीको आवश्यकताबारे जानकारी लिन सकिने बताइएको छ।

तापक्रम, वायु र वर्षाबारे जानकारी लिने संयन्त्र जडान भएपछि यस क्षेत्रका स्थानीय खुसी भएका छन्। गोरखापत्रबाट साभार


९ असार २०८१, आइतवार १६:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु