विमानस्थलबाट ७० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाठौं, जेठ १३ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ७० ग्राम सुनसहित एक महिला पक्राउ परेकी छिन् ।

प्रहरीले चन्द्रागिरी नगरपालिका–१३ घर भएकी ४० वर्षीया मैया बुढाथोकीलाई शनिबार दिउँसो विमानस्थलबाट पक्राउ गरेको हो ।

भन्सार छली अवैध रूपमा संकलन गरी लैजान लागेको करिब ७० ग्राम तौलको सुनको औठी उनीबाट बरामद भएको हो । उनले बाह्‍य मुलुकबाट नेपाल आउने यात्रुको प्रयोग गरी भन्सार छलेर सुन ल्याएको प्रहरीको आरोप छ ।

उनलाई कारबाहीका लागि विमानस्थलस्थित भन्सार कार्याय पठाइएको प्रहरीले जनाएको छ ।


१३ जेठ २०८१, आइतवार १४:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु