punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कांग्रेसको अवरोधबीच नीति तथा कार्यक्रममाथि छलफल

Chaupati
safha napa

काठमाडौं । प्रतिनिधि सभाको आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूको अवरोधकाबीच नीति तथा कार्यक्रमबीच छलफल भइरहेको छ ।

संसदमा नेपाली कांग्रेसका सांसदहरुले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै नाराबाजी र वेल घेराउ गरेका छन्।

सभामुख देवराज घिमिरेले बैठक सुरू गर्नेबित्तिकै कांग्रेस, राप्रपालगायत विपक्षी दलका सांसदहरू बसेको ठाउँबाट उभिएका थिए । सभामुख घिमिरेले राप्रपा सांसद ज्ञानेन्द्र शाहीलाई बोल्न समय दिए ।

सहकारी बचत ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठन गर्न उनले माग गरे । शाही बोलेपछि सभामुख घिमिरेले कार्यसूचीमा केही हेरफेर गरेको बताए ।

उनले अर्थमन्त्री वर्षमान पुनलाई आर्थिक वर्ष २०८०÷८१ को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा पेस गर्न अनुमति दिएपछि कांग्रेस सांसदहरूले नाराबाजी गर्दै वेल घेराउ गरेका हुन् । त्यसका बावजुद सत्तारूढ दलका सांसदहरू र मर्यादा पालकको सहयोगमा अर्थमन्त्री पुन रोस्टम पुगेर आर्थिक वर्ष २०८०÷८१ को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा पेस गरेका छन् ।

 


१३ जेठ २०८१, आइतवार १३:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु