आजदेखि सडक प्रदर्शन गर्दै कांग्रेस
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजदेखि देशभर सडक प्रदर्शन सुरु गर्दैछ ।
बुधबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले आजदेखि सडक प्रदर्शन सुरू गर्ने निर्णय गरेको थियो ।
काठमाडौंको प्रदर्शनीमार्गमा आइतबार दिउँसो २ बजे प्रदर्शन सुरू हुने बताइएको छ । प्रदर्शन सातवटै प्रदेश र जिल्लाहरूमा पनि कांग्रेसले प्रदर्शन गर्ने जनाएको छ ।
१३ जेठ २०८१, आइतवार ०८:५२ बजे प्रकाशित































