punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

क्यान बोलायो बैठक, सन्दीपबारे निर्णय गर्ने

Chaupati
safha napa

काठमाडौँ । बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेले सफाइ पाएसँगै नेपाल क्रिकेट संघ (क्यान)ले बैठक बोलाएको छ ।

सन्दीपलाई राष्ट्रिय टोलीमा समावेश गर्ने विषयमा निर्णय गर्न क्यानले बैठक बोलाएको संघका केन्द्रीय सदस्य दुर्गा पाठकले जानकारी दिए । उनका अनुसार संघले आज नै बोर्डको बैठक बसेर सन्दीपलाई टी–२० विश्वकप खेल्ने टोलीमा समावेश गर्ने÷नगराउने विषयमा निर्णय गर्नेछ ।

आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ । विश्वकपमा २० टोलीले सहभागिता जनाउँदै छन् ।

आईसीसीले विश्वकपमा सह भागी राष्ट्रहरूलाई उचित कारण देखाएर आफ्नो टोलीमा हेरफेर गर्न मे २४ तारिखसम्मको समय दिएको छ ।

गौशाला–२६ ले आफूमाथि काठमाडौँको एक होटेलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै गत २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा लामिछानेविरुद्ध जाहेरी दिएकी थिइन्।

सो जाहेरीपछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत काठमाडौँ जिल्ला अदालतमा दायर भएको मुद्दामा अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्ष जेल सजाय सुनाएको थियो । लामिछाने त्यसविरुद्ध उच्च अदालत पुगेका थिए ।


२ जेठ २०८१, बुधवार १८:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु