अशोक राईको नेतृत्वमा नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौँ । निर्वाचन आयोगले अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी (जसपा) दर्ता गरेको छ ।

उपेन्द्र यादव नेतृत्वको (जसपा) नेपाल विभाजन गरी राईको नेतृत्वमा नयाँ दल दर्ता भएको हो । उनीहरुले आइतबार आयोगमा दल दर्ताका लागि आवेदन दिएका थिए ।

राजनीतिक दलसम्बन्धी ऐन र नियमावलीका आधारमा जनता समाजवादी पार्टी नामक दल दर्ता गरी अभिलेखीकरण गर्ने निर्णय गरेको आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिए ।


२४ वैशाख २०८१, सोमवार १७:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु