बैतडीमा एक पुरुष मृत फेला

धनगढी । बैतडीमा एक जना पुरुष मृत फेला परेका छन्।

जिल्लाको पाटन नगरपालिका वडा नम्बर ६ को पाटन बजारको पछाडि रिङरोडको तल २१ बर्षीय दिपेन्द्र घर्तीमगर मृत फेला परेको प्रहरीले जनाएको छ ।

दाङ घर भइ हाल पाटनमा लामो समयदेखि सरसरफाईको क्षेत्रमा काम गर्ने पुस्तल घर्तीमगरका छोरा दिपेन्द्रको शव फेला परेको हो ।

प्रहरीका अनुसार उनको शव घरको पछाडि घोपटो परेको अवस्थामा शव फेला परेको थियो । उनी स्थानीयको एक जिर्णघरमा बस्दै आएका थिए ।

घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।


२४ वैशाख २०८१, सोमवार १०:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु