पहाडी भू–भागमा वर्षाको सम्भावना

धनगढी । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार अहिले गण्डकी र कोशी प्रदेशका केही भू–भागमा फाट्टफुट्ट वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित देशका अधिकांश भू–भागमा मौसम बदली भएको छ।
आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
कोशी र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यसैगरी, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
तराईलगायत केही पहाडी भू–भागमा हावाहुरीसमेत चल्ने महाशाखाले जनाएको छ ।
२४ वैशाख २०८१, सोमवार ०९:५० बजे प्रकाशित