बझाङ मतगणना : कांग्रेसले एमालेलाई उछिन्यो
बझाङ । बझाङ प्रदेश १ को उपनिर्वाचन अन्तर्गत भइरहेको मतगणनामा एमालेलाई कांग्रेसले पछाडि पारेको छ।
पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका अविषेक सिंहले ८ हजार २२७ मत पाएका छन्। एमालेका उम्मदेवार दमन भण्डारीले ७ हजार ९७४ मत पाएका छन्। कांग्रेस एमाले भन्दा २५३ मतले अगाडि गएको छ।
माओवादीका उम्मेदवार जनक बुढा २ हजार ९९३ मतसहित तेस्रो र एकीकृत समाजवादीका दिलबहादुर सिंह २ हजार १६२ मतसहित चौथो स्थानमा छन्।
अहिले मष्टा गाउँपालिकाको ३, ४, ५, ६ र ७ नम्बर वडाको मतगणना जारी छ।
१७ वैशाख २०८१, सोमवार ०८:२१ बजे प्रकाशित































