इजरायलबाट नेपाल आइपुगे नेपाली विद्यार्थी
काठमाडौँ । इजरायलबाट उद्धार गरिएका नेपाली विद्यार्थी नेपाल आइपुगेका छन् । शुक्रवार बिहान करिब ३ बजे उनीहरु काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् ।
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको चार्टर उडान लिएर परराष्ट्रमन्त्री एनपी साउद बिहीबार इजरायल पुगेका थिए ।
इजरायलका विभिन्न स्थानबाट उद्धार गरिएका २५४ नेपाली विद्यार्थीलाई लिएर फर्किएको विमान शुक्रबार बिहान काठमाडौँ अवतरण भएको हो ।
निगमको आरए २२९–२३५३ जहाज वरिष्ठ क्याप्टेन श्रवण रिजालको नेतृत्वको टोलीले उठाएको थियो ।
विमानमा सुदूरपश्चिम विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरु छन् ।
२६ असोज २०८०, शुक्रवार ०४:२७ बजे प्रकाशित































