punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

इजरायलमा भएको आक्रमणमापरि ज्यान गुमाएका नेपालीकाे शाेकमा भाेलि राष्ट्रिय शोकको घोषणा, मृतकका परिवारलाई १० लाख राहत

Chaupati
safha napa

इजरायलमा भएको आक्रमणमा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएको शोकमा सरकारले भोलि मङ्गलवार राष्ट्रिय शोकको घोषणा गरेको छ ।

आज सोमवार बसेको मन्त्रिपरिषद् बैठकले भोलि मङ्गलवार राष्ट्रिय शोकको घोषणा गरेको सरकारकी प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । यस्तै बैठकले मृतकका परिवारलाई १०/१० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने र इजरायलमा रहेका तथा स्वदेश आउन चाहने सबै नेपालीलाई ल्याउने पनि निर्णय गरेको उनले बताइन् ।

इजरायलमा गएको शनिवार बिहान प्यालेस्टिनी विद्रोही समूह हमासले गरेको आक्रमणमा नेपालबाट ‘इन्टर्न’ मा गएकामध्ये १० जना विद्यार्थीको ज्यान गएको थियो ।


२२ असोज २०८०, सोमवार १७:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु