nast

सिंहदरबारमा सर्वदलीय बैठक सुरु

काठमाडौं । इजरायलमा भएको प्यालेस्टाइनी लडाकू समूहको आक्रमण विद्यालय शिक्षा ऐनलगायत विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ ।

प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा सुरु भएको बैठकमा प्रमुख प्रतिपक्षी दलको समेत सहभागिता रहेको छ ।

बैठकमा प्रधानमन्त्रीले इजरायलमा भएको आक्रमणमा परेका नेपालीहरूको अवस्थाबारे जानकारी गराउने र विद्यालय शिक्षा ऐन संशोधनका विषयमा कुरा राख्ने बताइएको छ


२२ असोज २०८०, सोमवार १९:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु