punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भासु भीर नजिकै भएको मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु

Chaupati
safha napa

कैलालीको चुरे गाउँपालिका-५ भासु भीर क्षेत्र मन्दिर नजिकै भएको मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु भएको छ।

पहाडतर्फ जाँदै गरेको से. ६ प. ८७२१ नम्बरको मोटरसाईकल अनियन्त्रित भई अन्दाजी ५० मिटर तल भिरमा खसेर शुक्रवार साँझ दुर्घटना हुँदा मोटरसाईकल चालक डोटीको जोरायल गाउँपालिका वडा नम्बर-१ बस्ने १९ वर्षीय भिमबहादुर बि.कको आज (शनिवार) बिहान मृत्यु भएको प्रहरीले बताएको छ।

दुर्घटनामा गम्भिर घाईते भएका भिमको उपचारका लागि पदमा अस्पताल अत्तरीयामा उपचार हुन नसकेपछि निसर्ग अस्पताल धनगढीमा उपचारकै क्रममा मृत्यु भएको जनाइएको छ।

साथै दुर्घटनामा घाईते भएका मोटरसाईकल पछाडी सवार सोही ठाँउका ४५ वर्षीय ओम प्रकाश सुनारको पनि पदमा अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि निसर्ग अस्पताल धनगढीमा ल्याई उपचार भईरहेको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।


६ असोज २०८०, शनिवार १०:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु