punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन,अन्तिम संस्कार भोलि हुने

Chaupati
safha napa

संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । उनको हृदयघातबाट निधन भएको अस्पतालले जनाएको छ।

हृदयघात भएका उनलाई राति नै गंगालाल अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुर्‍याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए।

नेम्वाङ इलाम- २ बाट निर्वाचित सांसद थिए। एमालेका संसदीय दलका उपनेता रहेका उनको मंगलबार बिहान १ बजे निधन भएको हो ।

नेम्वाङ शनिबार धरानमा युवा संघको सम्मेलनमा सहभागी भएका थिए। आइतबार पनि दिनभर सिंहदरबारमै थिए।

सोमबारचाहिँ असहज महसुस भएको भन्दै घरमै बसेका थिए।

नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीकालागि आज र भोलि (मंगलबार र बुधबार) पार्टी कार्यालय च्यासलमा राखिने भएको छ। भोलि अपाराह्नपछि मात्रै अन्तिम संस्कार हुने भएको छ ।


२६ भदौ २०८०, मंगलवार ०८:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु