punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एसपीए कलेज धनगढीका प्रमुख योगराज गौतम सम्मानित

Chaupati
safha napa

एसपीए कलेजका क्याम्पस प्रमुख योगराज गौतम जय पृथ्वीबहादुर सिंह राष्ट्रिय शिक्षा सम्मान–२०८० बाट सम्मानित भएका छन्।

सुदूरपश्चिमको शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएवापत् कैलाली जनपुस्तकालयले राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा उनलाईं उक्त सम्मान प्रदान गरेको हो। प्रदेश प्रमुख देवराज जोशीले शुक्रबार जनपुस्तकालयमा आयोजित एक समारोहमा उनलाईं सम्मान प्रदान गरे। काठमाडौंमा झण्डै दुई दशक विभिन्न कलेजहरुको नेतृत्व गरेका गौतम विगत दुई वर्षदेखि एसपीए कलेजको क्याम्पस प्रमुखका रुपमा छन्। उनी आएपछि कलेजमा थुप्रै परिवर्तनहरु भएका छन्।

गौतम क्याम्पस प्रमुख भएर आएपछि एसपीए कलेजको भौतिक र शैक्षिक अवस्थामा ठूलो परिवर्तन देखिएको छ। उनले कलेजको वातावरणलाई मनमोहक बनाउँन स्वच्छ, हराभरा वातावरण, चिटिक्क बगैचा, महानव्यक्तिहरुका प्रेरक भनाईहरु, विद्यार्थीहरु बस्दै छलफल गर्न मिल्ने स्थानहरुहरुको निर्माण गर्दै प्रशंशा बटुलेका थिए।

गौतम क्याम्पस प्रमुख भएर आएपछि क्याम्पसको प्रशासनिक काम पनि चुस्त बनेको छ। यस्तै विद्यार्थीहरुको नेतृत्व र व्यक्तित्व विकासका लागि कलेजमा उनले देशविदेशबाट भिजिटिङ स्कलरहरुलाई निम्ताउँने व्यवस्था समेत मिलाएका छन्। उनी आएपछि शैक्षिक क्षेत्रमा पनि एसपीएले राम्रो प्रगति हासिल गरेको छ। लगातार तेस्रो वर्ष कलेजले देशकै उत्कृष्ट कलेजभित्र पर्दै राष्ट्रिय सम्मान पाएको छ। विद्यार्थीहरु टीयू र सुदूरपश्चिम टप निस्किएका छन्। गौतमले एसपीए कलेजमार्फत सुदुरपश्चिमका बालबालीकाहरुको भविष्य निर्माणमा महत्पुर्ण भुमिका निर्वाह गरेकोमा उक्त सम्मान प्रदान गरिएको हो।


१५ भदौ २०८०, शुक्रवार १८:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु