punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भीमदत्तका तत्कालीन नगरप्रमुख र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Chaupati
safha napa

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भीमदत्त नगरपालिका कन्चनपुरका तत्कालीन नगरप्रमुख र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध मंगलवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।आर्थिक वर्ष २०७६/०७७ मा महाकालीको नदीजन्य पदार्थ (ढुंगा, गिटी, बालुवा) बाट प्राप्त हुने आयको ठेक्कामा बोलपत्रको सम्झौताअनुसार प्राप्त हुनुपर्ने आयमा नियमविपरीत छुट दिएको उनीहरूमाथि आरोप छ।

आयोगले चुहावट भएको रकमको दोब्बर जरिवानाको मागसहित विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । आयोगले तत्कालीन कार्यदलका संयोजक तथा सदस्यहरू तत्कालीन वडा नम्बर १७ का अध्यक्ष हिमालबहादुर चन्द, इन्जिनियर हिमालय सिहं ऐर, लेखा अधिकृत गोविन्द उपाध्याय, लेखा अधिकृत (छैटौं) विक्रम भण्डारी र नायव सुब्बा नरेन्द्र देव भट्टविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

यस्तै, आयोगले सोही कसुरमा भवानी कन्स्ट्रक्शन प्रालिका संचालकहरू ईश्वरीप्रसाद भट्ट, केशवराज भट्ट, पुष्पराज भट्ट, ईश्वरीप्रसाद भट्टको नजिकको हकदार श्रीमती खगेश्वरी भट्टलाई पनि मतियारको रुपमा प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ । ईश्वरीप्रसाद भट्टको मृत्यु भइसकेकाले प्रचलित कानुनबमोजिम उनकी श्रीमती खगेश्वरी भट्टबाट बिगो भराउने मागदाबीसहित मुद्दा दायर गरिएको आयोगका प्रवक्ता दाहालले जानकारी दिएका छन् ।


१२ भदौ २०८०, मंगलवार १५:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु