punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सर्वसम्मतले अनुमोदन

Chaupati
safha napa

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम सर्वसम्मतले अनुमोदन भएको छ।

संसदीय सुनुवाइ समितिले आज सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस वरिष्ठ न्यायाधीश श्रेष्ठको सुनुवाइ गरेको हो। उक्त सुनुवाइपछि समितिले उनकाे नाम सर्वसम्मत अनुमोदन गरेकाे छ ।

तत्कालीन प्रधानन्यायाधीश हरिकृष्ण कार्की  उमेरहदका कारण अनिवार्य अवकाशमा गएपछि १८ साउनमा बसेको संवैधानिक परिषद् बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा सिफारिस गरेको थियो ।

साउन २३मा श्रेष्ठविरुद्ध उजुरी आह्वान गरेर आइतबार सांसदहरूलाई वितरण गरेको संसदीय समितिले सोमबार बिहान साढे १० बजे उजुरीकर्तासँग छलफल गराएको थियो। त्यसपछि बसेको समितिको बैठकले उनको नाम प्रधानन्यायाधीशमा अनुमोदन गरेको हो।

सुनुवाइ समितिमा श्रेष्ठ विरुद्ध ३ वटा उजुरी परेका थिए। तर एकमात्र उजुरिकर्ता समितिको सम्पर्कमा आएका थिए ।

सुनुवाइ समितिबाट अनुमोदित श्रेष्ठलाई अब राष्ट्रपतिबाट सपथ लिनेछन्।


४ भदौ २०८०, सोमवार १४:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु