punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा आजबाट गौरापर्व शुरु

Chaupati
safha napa

सुदूरपश्चिममा आजबाट गौरा पर्व सुरु भएको छ। सुदूरपश्चिमेलीहरुको मुख्य चाड मध्येको एक गौरा पर्व आज विरुडा भिजाएसँगै सुरु भएको हो।

पौराणिक कालमा भगवान महेश्वरको प्राप्तिका लागि गौरा देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरी भगवान शिवलाई पतिको रुपमा प्राप्ति भएको विश्वास गरिन्छ। त्यति बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झना स्वरुप यो पर्व मनाउने परम्परा चल्दै आएको छ।

यो बर्ष ज्योतिषहरुबिच विवादका कारण गौरा पर्व दुई दिन मनाईदै छ। केही ठाउँमा भदौ ७ गते गौरा पर्व मनाउने र केही ठाउँमा भदौ २१ गते गौरा पर्व मनाईने भएको छ। भदौ ७ गते गौरा पर्व मनाउनेले आज विरुडा भिजाएर गौरापर्व शुरु गरेका छन। गौरा पर्वको पहिलो दिन बिरुडा पञ्चमीमा घर–घरमा महिलाले तामाका भाडामा पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गरेका छन्। शुक्लपक्षमा परेको गौरालाई उजेली गौरा र कृष्णपक्षमा परेको गौरालाई अधेरी गौरा भन्ने चलन छ।

 


४ भदौ २०८०, सोमवार १५:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु