कैलालीका ११ स्थानीय तहमा आज सार्वजनिक बिदा

थारु समुदायको मुख्य चाड गुरही पर्वको अवसरमा सोमबार धनगढीसहित कैलालीका ११ स्थानीय तहहरुले सार्वजनिक बिदा दिएका छन् ।

धनगढी उपमहानगरपालिका,गोदावरी नगरपालिका,गौरिगंगा नगरपालिका,कैलारी गाउँपालिका
,घोडाघोडी नगरपालिका,बर्दगोरिया गाउँपालिका,जोशीपुर गाउँपालिका,भजनी नगरपालिका,
टीकापुर नगरपालिका,जानकी गाउँपालिका र लम्कीचुहा नगरपालिकाले सार्वजनिक
बिदा दिएका छन ।

गुरही पर्व थारु समुदायका बालबालिकाहरुको पर्व हो छ । यस पर्वमा कपडाको गुरहागुरही (गाइने किरा) बनाएर साँझतिर चौबाटोमा सेलाउने गरिन्छ । गुरही पर्व मनाउनाले बालबालिकालाई रोगव्याधिबाट छुटकारा मिल्ने जनविश्वास थारु समुदायमा रहेको पाइन्छ । यही पर्वको अवसर पारेर कैलालीमा थारु समुदायको बसोबास रहेका तराई क्षेत्र का सबै स्थानीय तहले सार्वजनिक बिदा दिएका हुन्।

 


४ भदौ २०८०, सोमवार ११:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु