punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रचण्डसँग मिलेन ओलीको कुरा, एमालेले आजपनि संसद अवरुद्ध गर्ने

Chaupati
safha napa

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा आलीबीचको छलफल निष्कर्षविहीन भएको छ ।

सोमबार बालुवाटारमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तामा एमालेले माग गरेजस्तो उच्चस्तरीय छानबिन समिति गठन गर्ने विषयमा प्रधानमन्त्री प्रचण्डले आनाकानी गरेपछि छलफल औचित्यविहीन बनेको एक नेताले जानकारी दिए ।

प्रधानमन्त्रीसँग ओलीको कुरा नमिलेपछि एमालेले आज पनि सदन अवरोध गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा स्पष्ट जवाफ नदिएकाले आज सदन चल्न नदिने एमालेको तयारी रहेको छ ।

आजको छलफलमा ओलीले प्रधानमन्त्रीलाई एक क्विटल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाएर अघि बढौँ, अनि मात्र संसद्को गतिरोध अन्त्य हुन्छ भनेर प्रस्ताव गरेकोमा प्रधानमन्त्री दाहालले ठोस जवाफ नदिई हुन्छ, हेर्छु, हेरौँला जस्तो जवाफ दिएपछि एमाले बिच्किएको हो ।

संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

 


१५ साउन २०८०, सोमवार १३:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु