सत्ताधारी नेताले बल प्रयोग गरेर संविधानको उल्लंघन गरे:बाबुराम

नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले कोशी प्रदेश सरकार निर्माणमा सत्ताधारी नेताहरूले बल प्रयोग गरेर संविधानको उल्लंघन गरेको बताएका छन्।

शुक्रबार ट्विटमार्फत् कोशी प्रदेश नामकरण स्वीकार गर्न अस्वीकार गर्दै नामकरण ठीक नभएको र त्यसमा पनि जानीजानी केन्द्रका सत्ताधारी नेताले बल प्रयोग गरेर संविधानको ठाडो उल्लंघन गरी सरकार निर्माण गरेको आरोप लगाएका छन्।

उनले नेताहरूले उल्लंघन गरेको संविधानको उल्लंघनलाई सर्वोच्च अदालतले सच्चाएको टिप्पणी गरेका छन्।

उनले भनेका छन्, ु१ नम्बर प्रदेशको ९क्षमा गरियोस् नामाकरण ठीक भएन० हो, त्यहॉ जानीजानी केन्द्रका सत्ताधारी नेताहरूले बलप्रयोग गरेर प्रदेश सरकार निर्माणमा संविधानको ठाडो उल्लंघन गरेकै हुन्। त्यसलाई सच्याएर सर्वोच्च अदालतले संविधान र राजनैतिक नैतिकताको रक्षा गर्न योगदान पुर्‍याएकोमा सम्मानित अदालत धन्यवादको पात्र छ।ु

बिहीबार सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठनमा सभामुख बाबुराम गौतमको सहभागितालाई अवैधानिक ठहर गरेको थियो। उक्त फैसलासँग सभामुखको गौतमको हस्ताक्षरमा ४७ जनाको बहुमत देखाएर मुख्यमन्त्री बनेका कांग्रेस संसदीय दलका नेता उद्धव थापा पनि पदमुक्त भएका छन्।

तर संविधान निर्माताले नै आफ्नो छुद्र दलीयरगुटीय र निजी स्वार्थका लागि संविधान मिच्नु र मिच्न लगाउनु गम्भीर विषय भएको बताए। ुसंविधानको रक्षा कसले गर्छरु रक्षक नै भक्षक बनेपछि कसको के लाग्छरुु उनले भनेका छन्, ुएकपटक आफ्नो सरकार नबने नबनोस्, मध्यावधि चुनाव भए होस् तर संविधान र लोकतन्त्र नमरोस् भन्न किन नसकेकोरु आफू र आफ्नो दल हारेर पनि लोकतन्त्र,संविधान,देशले जितोस् भन्ने राजनेताहरूको जन्म कहिले होलारुु

उनले संविधान नमिच्न सत्ताधारी नेतालाई चेतावनी समेत दिएका छन्। ुपृथ्वीनारायण शाहले( मेरा साना दुःखले आर्ज्याको मुलुक हैन यो। सबैलाई चेतना भया भनेझैं हामीलाई पनि भन्न मन लाग्छ(हाम्रा साना दुःख त्याग र वलिदानले आर्ज्याको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान हैन यो। अहिलेका सत्ताधारी नेताहरूलाई चेतना भया।


१२ साउन २०८०, शुक्रवार १०:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु