पर्वतमा जीप दुर्घटना हुँदा एक बालिकाकाे ज्यान गयाे, ११ जना घाइते

काठमाण्डाै । पर्वतमा जीप दुर्घटना हुँदा सात वर्षकी एक बालिकाकाे ज्यान गएकाे छ । दुर्घटनामा ११ जना घाइते भएका छन् ।

कुश्मा नगरपालिका वडा नम्बर ३ दुर्लुङको गौडामुनिमा गएराति भएको जीप दुर्घटनामा शीतल विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको हाे ।

घाइतेमध्ये चार वर्षका प्रिन्स क्षेत्री र ५० वर्षकी चन्द्रकला क्षेत्रीलाई थप उपचारका लागि गण्डकी अस्पताल पोखरा पठाइएको प्रहरीले जनाएको छ ।

उकालो बाटोमा गुड्दै गरेको जीप अनियन्त्रित भइ सडकबाट झण्डै ३० मिटर तल खसेको प्रहरीले जनाएकाे छ । 


३१ असार २०८०, आइतवार १०:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु