punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ललिता निवास प्रकरण:सञ्चारसचिव राउतसहित चार जनाको बन्दीप्रत्यक्षीकरणको मुद्दा पेसीमा

Chaupati
safha napa

ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान व्यूरोको हिरासतमा रहेका सञ्चारसचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङसहितकाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा पेसी तोकिएको हो । सीआईबीको हिरासतमा रहेका सचिव राउत, व्यवसायी गुरुङका अतिरिक्त पूर्व निर्वाचन आयुक्त सुधिरकुमार शाह र मालपोत कार्यालयका पूर्व कर्मचारी धर्मप्रसाद गौतमका तर्फबाट बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता भएको थियो ।

उनीहरुले गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका हुन् । चारै जनाको हकमा यसअघि एकल इजलासले विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरिसकेको छ ।

 


३१ असार २०८०, आइतवार ११:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु