punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा बाघको आक्रमणमा परी एक महिला घाइते

Chaupati
safha napa

कञ्चनपुरमा बाघको आक्रमणमा परी एक महिला घाइते भएकी छिन्। जिल्लाको लालझाडी गाउँपालिका–६ ढक्का स्थित शुक्लाफाटा राष्ट्रिय निकुञ्जको छेउमा च्याउ टिप्ने क्रममा पाटे बाघको आक्रममा परी बेलौरी नगरपालिका–९ डाडाकुण्डा बस्ने २५ वर्षीया बिन्दु डगौरा घाइते भएकी हुन्।

उनी बिहीवार च्याउ टिप्न गएका बेला पाटे बाघको आक्रममा परी घाइते भएको बेलौरी नगरपालिका–९ का वडा अध्यक्ष किसन रानाले बताए। वडा अध्यक्ष रानाका अनुसार करिब १०÷१२ जना महिलाको समुह च्याउ टिप्न गएका बेला पाटे बाघले डगौरा माथि आक्रमण गरेको थियो।

सबैले होहल्ला गर्दा बाघ भागेर डगौराको ज्यान जोगिएको छ। उनको आँखा र टाउको पछाडि गम्भिर चोट लागेको स्थानीय प्रेम चन्दले बताए। उनको अहिले धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ।


२९ असार २०८०, शुक्रवार १०:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु