punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाजेको कुटपिटबाट एक नातिको मृत्यु ,एक गम्भिर घाइते

Chaupati
safha napa

बैतडीमा बाजेको कुटपिटबाट एक नातिको मृत्यु भएको छ भने अर्का गम्भिर घाइते भएका छन् । जिल्लाको पुर्चौंडी नगरपालिका–६ मुडेलीधारका ५० वर्षीय गणेश साउदको कुटाइबाट २ वर्षीय रेसम साउदको मृत्यु भएको हो । यस्तै ८ वर्षीय अर्को नाति रिजन साउद गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

बिहीबार रेसम र रिजनका आमा र हजुरआमा घाँस काट्न गएका बेला बाजे गणेशले उनीहरूमाथि कुटपिट गरेका हुन् । बाजेको कुटपिटबाट गम्भीर घाइते भएका रेसमको डडेलधुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । यस्तै अर्का बालक रिजनको धनगढीको नवजीवन अस्पतालको आइसियुमा राखेर उपचार भइरहेको छ ।

रिजन र रेशमका बुवा कामको सिलसिलामा धनगढीमा रहेका थिए । नातिमाथि कुटपिट गर्ने गणेशलाई प्रहरीले बिहीबार नै नियन्त्रणमा लिइसकेको छ । उनीमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरेर अनुसन्धान गर्ने प्रहरी निरीक्षक जोशीले जनाए ।

उनले आफ्ना नातीहरूमाथि किन कुटपिट गरे भन्ने कुरा खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


२९ असार २०८०, शुक्रवार १०:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु