punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानमन्त्रीपत्नीको निधनमा आज सुदूरपश्चिम प्रदेश सभामा शोक बिदा

Chaupati
safha napa

कैलाली । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधनमा आज सुदूरपश्चिम प्रदेश सभा बैठकमा शोक बिदा दिइएको छ ।

बुधवार बिहान बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा आज शोक बिदा दिने सहमति भएको हो । मंगलबारबाट प्रदेश सभामा बजेट माथिको छलफल सुरु भएको थियो ।

मंगलबार सभामुख भीम भण्डारीले बुधबार दिउँसो ३ बजे सम्मका लागि प्रदेश सभा बैठक स्थगित गरेका थिए । आज ३ बजेको बैठक शोक बिदाका कारण स्थगित गरिएको प्रदेश सभा सचिवालयका सचिव देव बहादुर बोगटीले जानकारी दिए ।

भोलि बिहान ८ः३० बजेका लागि बैठक आह्वान गरिएको सचिव बोगटीले जानकारी दिए । भोलि नै दिउसो ३ बजे पनि बैठक आह्वान गरिएको छ । असार १ गते आर्थिक मामिला मन्त्री नरेश शाहीले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका थिए ।

 


२७ असार २०८०, बुधवार १६:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु