सुनको मूल्य बढ्यो, तोलामा कतिमा हुँदैछ कारोबार ?
नेपाली बजारमा बुधबार सुनको मूल्य बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढेर बुधबार १ लाख ११ जार ६०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।
महासंघले बुधबार चाँदीको मूल्य पनि सामान्य बढेर कारोबार भएको जनाएको छ । मंगलबार तोलामा १३९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १४ सय रुपैयामा कारोबार भएको हो ।
२७ असार २०८०, बुधवार ११:०५ बजे प्रकाशित































