सीताको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पेरिसडाडामा राखिने, आजै पशुपतिमा अन्त्येष्टि गरिने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ ।

लामो समयदेखि अस्वस्थ रहँदै आउनुभएकी उहाँको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो।

रातिदेखि स्वास्थ्य अवस्था गम्भीर भएपछि उहाँलाई बिहान अस्पताल लगिएको थियो ।

उपचारको क्रममा उहाँको बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको नर्भिक अस्पतालले जनाएको छ ।

सीताको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बिहान ११ देखि १ बजेसम्म केन्द्रीय कार्यालय पेरिसडाडामा राखिने वाइसिएल इन्चार्ज रामप्रसाद सापकोटाले बताए ।

उनको आजै दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको छ ।


२७ असार २०८०, बुधवार १०:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु