punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडी बस दुर्घटना : ६ जनालाई थप उपचारका लागि धनगढी रेफर ,२५ जना डिस्चार्ज

Chaupati
safha napa

बैतडी । बैतडीको मेलौली नगरपालिका वडा नम्बर ७ स्वाखानीमा बस दुर्घटनामा परि घाइते भएकाहरू मध्ये २५ जनालाई डिस्चार्ज गरिएको छ ।

मेलौलीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारका लागि डडेल्धुरा पठाइएका २५ जनालाई उपचारपछि डिस्चार्ज गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।

 

यस्तै ६ जनालाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ। दुर्घटनामा घाइते भएका गोरख साउँद, मानविर साउँद, सगिंता रावत, दीपिका भट्ट, विसन भट्ट, र बस चालक देव सिंह भण्डारीलाई डडेल्धुरा अस्पतालबाट थप उपचारका लागि धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बाँकी घाइतेहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार बसमा ४४ जना सवार रहेका थिए। तीमध्ये एक जनाको मेलौलीमै मृत्यु भएको हो ।

पञ्चेश्वर गाउँपालिका–३ कुलाउबाट महेन्द्रनगर जाँदै गरेको लु २ ख २०११ नम्बरको बस सोमबार दिउँसो १ बजे दुर्घटनामा परेको थियो। सो दुर्घटनामा पञ्चेश्वर गाउँपालिका–६ का २८ वर्षीय उमेश भण्डारीको मेलौलीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको थियो।

सडकबाट ५० मिटर तल खसेको बस रुखमा अड्किएको छ। ओरालो सडकमा बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


२६ असार २०८०, मंगलवार ०८:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु