सुदूरपश्चिम प्रदेशसभाको बैठक बस्दै
सुुदूरपश्चिम प्रदेशसभाको बैठक बोलाइएको छ । असार १ गते आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले अगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेपछि अनिश्चित बैठक सोमबार दिउँसो ४ बजेका लागि बोलाइएको हो ।
सभामुख भीमबहादुर भण्डारीले बिहान बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रदेशसभा बैठक सञ्चालन गर्ने विषयमा सहमती भएको हो । बैठकमा सवारी दुर्घटनामा ज्यान गुमाएका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको शोक प्रस्ताव पारित गर्ने कार्यसूूची तय भएको छ ।
बजेटमाथिको छलफल भने कार्यसूूचीमा परेको छैन । प्रदेशसभा सचिवालयकाअनुसार मंगलबारदेखि बजेटमाथिको छलफल हुनेछ ।
२५ असार २०८०, सोमवार १३:१० बजे प्रकाशित































