खप्तडमा उभिएर प्रधानमन्त्रीले भने: यहाँ अन्तर्राष्ट्रिय आध्यात्मिक केन्द्र बनाउछौ ( फोटो फिचर )

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खप्तडमा अन्तर्राष्ट्रिय आध्यात्मिक केन्द्र बनाउने आश्वासन दिएका छन् ।प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले यस्तो आश्वासन दिएका हुन् ।

खप्तड आर्थिक बिकासको केन्द्र र पर्यटन बिकासको केन्द्र बन्छ
खप्तड क्षेत्रलाई पर्यटन मैत्री आध्यात्मिक केन्द्रको रुपमा बिकास गर्छौं प्रचण्डले भने ।

आध्यात्मिक केन्द्र निर्माणका लागि लगानी गर्न राम देब र आचार्य बालकृष्णलाई पनि इच्छुक रहेको प्रधानमन्त्रीले बताएका थिए । उनले खप्तड बिकास कोष वा प्रतिष्ठान बनाउने विषयमा पनि छ्लफल गर्ने बताएका थिए । प्रधानमन्त्री प्रचण्डले आफू सुदूर पश्चिम प्रदेशको बिकासको लागि प्रतिवद्द रहेको बताएका थिए ।
प्रधानमन्त्रीले उद्घाटन गरेको सम्मेलनमा राम देब, बाल कृष्ण आचार्य, पुर्व प्रधानमन्त्री झलनाथ खनाल, प्रदेश प्रमुख देबराज जोशी, उपप्रधानमन्त्री तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठ लगायत उपस्थित छन् ।


आज देखि सुरु भएको सम्मेलन २५ गते सम्म जारी रहने छ ।


२३ जेठ २०८०, मंगलवार १६:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु