punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राष्ट्रिय सभाको बैठक स्थगित, भोलि बस्ने

Chaupati
safha napa

राष्ट्रिय सभाको बैठक स्थगित भएको छ। बैठक आज बिहान ११ बजेर ११ मिनेटमा बस्नेगरी बोलाएका संसद् सचिवालयले स्थगितको सूचना टाँस गरेको हो।

‘जेठ २३ गते मंलबार बिहान ११ः११ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद, राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय अध्यक्षज्यूले २०८० साल जेठ २४ गते बुधबार बिहान ११ः११ बजे बस्ने गरी निर्धारण गर्नुभएको ब्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ संसद् सचिवालयले टाँस गरेको सूचनामा भनिएको छ।

राष्ट्रिय सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बोल्ने कार्यसूची थियो। प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणबारे उठेका प्रश्नको जवाफ दिने तय गरिएको थियो।

s


२३ जेठ २०८०, मंगलवार ११:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु