खुलेको खप्तड ( फोटो फिचर )

खप्तड । भोलि (मंगलबार) देखि सुरु हुन लागेको प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको लागी अहिले नेपाल भारतका विभिन्न क्षेत्रबाट सहभागीहरु आउने क्रम जारी छ ।

khap

भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको उद्घाटन गर्नेछन् । २५ गते सम्म जारी रहने खप्तड आध्यात्मिक सम्मेलनको लागि पतन्जली योग पिठबाट बालकृष्ण आचार्य पुगिसकेका छन् भने योग गुरु राम देब भोलि आउदै छन् ।

प्रदेश सरकारको आयोजनामा हुने खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनमा पुर्ब प्रधानमन्त्रीहरु पनि उपस्थित हुने छन् ।
डोटी अछाम बझाङ र बाजुराको सिमा क्षेत्रमा पर्ने खप्तडलाई स्वर्गको टुक्राको रुपमा पनि ब्याख्या गरिन्छ ।

khaptad _11

यहाँ २२ वटा पाटन र ५३ वटा थुम्काहरू तथा त्यहाँकाे साैन्दर्यले खप्तड भूस्वर्गझैं लाग्छ ।
खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँ भएकाले खप्तड प्राकृतिक दृष्टिले मात्र नभई, धार्मिक र पर्यटकीय हिसाबले समेत उपयुक्त गन्तव्यका रूपमा परिचित छ ।

समुद्र सतहबाट ३ हजार मिटर उचाइमा रहेको खप्तड क्षेत्रको क्षेत्रफल २ सय २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

khaptad


२२ जेठ २०८०, सोमवार २३:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु