punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको मृत्यु

Chaupati
safha napa

कैलालीमा मोटरासाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ। टीकापुर नगरपालिका-७ मा से ४ प ५८८२ नम्बरको मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको हो।

मृत्यु हुनेमा भजनी नगरपालिका-८ सोनाफाँटाका ६० वर्षीय सोमैया चौधरीको रहेको प्रहरीले जनाएको छ। शुक्रबार राति ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको हो। घटनापछि मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ


२१ जेठ २०८०, आइतवार १६:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु