कैलालीमा पूजा गर्ने दियोबाट आगलागी हुँदा ६० हजार बराबरको क्षति
कैलालीमा पूजा गर्ने दियोबाट आगलागी भएको छ। जिल्लाको बर्दागोरिया गाउँपालिका वडा नम्बर १ की ७६ वर्षीया मन कामीको घरमा आगो लागेको हो।
सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार शनिवार राति उनको टिनले छाएको घरमा पूजा गर्न सल्काएको दियोबाट आगलागी भएको छ। आगलागीबाट लत्ताकपडा र भाडाकुडा जलेर नष्ट भएका छन्। उनको ६० हजारको क्षति भएको प्रहरीले बताएको छ। प्रहरी र स्थानियको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। उक्त आगलागी सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
२१ जेठ २०८०, आइतवार १५:२० बजे प्रकाशित