सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार?
सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज थप ८ सय रुपैयाँले बढ्दै १ लाख १३ हजार ३ सय रुपैयाँ पुगेको हो ।
यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ८ सय रुपैयाँले नै बढ्दै १ लाख १२ हजार ७५० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
१९ जेठ २०८०, शुक्रवार ११:५२ बजे प्रकाशित













