punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपालसँगको सीमा समस्या समाधान गर्ने मोदीको प्रतिबद्धता

Chaupati
safha napa

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सीमा समस्या समाधान गर्ने बताएका छन् ।

भारतको ४ दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग महत्त्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर गरेपछि हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले यस्तो बताएका हुन् ।

उनले भनेका छन्, “नेपालसँगको सबै असमझदारी समाधान गर्न चाहन्छौँ । यही भावनाले चल्छौँ । चाहे सीमाको होस् वा अन्य; सबैको समाधान गर्छौँ ।”

यस्तै उनले नेपाल र भारतबीचको सम्बन्धमा सुधार आएको बताएका छन् । आफू प्रधानमन्त्री भएपछि द्विपक्षीय सम्बन्ध अझ मजबुत हुँदै गएको उनको दाबी छ । “भविष्यमा अझ सुपरहीट हुन्छ, प्रधानमन्त्री प्रचण्डजी र मैले त्यसलाई मजबुत बनाउनका लागि महत्त्वपूर्ण समझदारी गरेका छौँ ।”


१८ जेठ २०८०, बिहीवार १४:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु