जंगलमा स्याउला ल्याउन गएकी महिला मृत फेला
डोटीमा एक महिला मृत फेला परेकी छन् । मंगलबार जिल्लाको जोरायल गाउँपालिका–१ तुसे बस्ने २१ वर्षीया अनिता मल्ल मृत फेला परेकी हुन् ।
बिहान नजिकैको जंगलमा स्याउला ल्याउन गएकी उनी घर नफर्कीएपछि परिवारले खोजी गरेको थियो । खोज्ने क्रममा मल्ल घरदेखि करिब २ किलोमिटर टाढा भिरबाट लडेको अवस्थामा फेला परेकी प्रहरीले बताएको छ ।
उनको शव परीक्षणका लागि डडेल्धुरा अस्पताल पठाइएको इलाका प्रहरी कार्यलय बिपीनगरका प्रहरी निरीक्षक लोकेन्द्र गुरुले जानकारी दिए ।
१३ वैशाख २०८०, बुधवार ०७:३९ बजे प्रकाशित































