punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चितवन-२ को मतगणना सुरु

Chaupati
safha napa

चितवन-२ को मतगणना सोमबार दिउँसोबाट सुरू भएको छ । चितवन(२ मा रास्वपाका रवि लामिछाने, नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने लगायतका उम्मेदवारबीच कडा प्रतिस्पर्धामा छन् ।

हिजो आइतबार भएको मतदानमा चितवन-२ मा ७८ हजार २७७ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रारम्भिक विवरण दिएको छ ।

यससँगै तनहुँ-१ मा भने मतगणना भइरहेको छ । त्यहाँ रास्वपाका स्वर्णिम वाग्लेले कांग्रेसका गोविन्द भट्टराई, एमालेका सर्वेन्द्र खनालसहितका उम्मेदवारलाई उछिन्दै अग्रता कायम गरिरहेका छन् ।

यस्तै, बारा क्षेत्र नम्बर २ को प्रारम्भिक मत परिणाम अनुसार जसपाका उपेन्द्र यादवले २२४ मत प्राप्त गरेका छन् । जनमतका शिवचन्द्र कुशवाहले १७० मत प्राप्त गरेका छन् भने एमालेका पुरुषोत्तम पौडेलले १६६ मत प्राप्त गरेका छन् ।


११ वैशाख २०८०, सोमवार १४:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु