चितवन – २ मा रविले लिए अग्रता

चितवन । चितवन– २ को उपनिर्वाचनको मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन ।

इच्छाकामना गाउँपालिका– १ र ३ को गणना सकिँदा रविले ११५५ मत प्राप्त गरेका छन । यस्तै एमालेका रामप्रसाद न्यौपानेले ६६५ र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ५८८ मत प्रप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

इच्छाकामना– १ को मात्र मत गणना हुँदा एमालेले अग्रता लिए पनि ३ को गणना भएपछि रवि लामिछानेले अग्रता लिएका हुन् ।


११ वैशाख २०८०, सोमवार १६:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु