सुरक्षा निकायहरुमा योग तथा ध्यान शिविर संचालन गर्ने गृहमन्त्रीको घोषणा

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह मन्त्रालय र मातहतका सबै सुरक्षा निकायहरुमा योग तथा ध्यान शिविर संचालन गर्ने घोषणा गर्नु भएको छ । योग र ध्यानले सही ढंगले काम अघि बढाउन मद्दत गर्ने भन्दै उहाँले गृह मन्त्रालय र मातहतका सबै सुरक्षा निकायहरुमा त्यसलाई संचालनमा ल्याउने र नियमित गर्नका लागि पहल गर्ने बताउनु भएको हो ।

श्रद्धेय धम्मवती गुरुमाँ विशेष सामूहिक धम्मपूजा आयोजक समितिले शुक्रबार काठमाडौं आयोजना गरेको एक कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले सो कुरा बताउनु भएको हो । ध्यान र योगले फाईदा गर्ने भएकाले प्रधानमन्त्री पुष्पकमल दाहाललगातका नेताहरुलाई पनि केही समय यसलाई दिन भन्ने गरेको बताउनु भयो ।

आफूमा योग र ध्यानको आशक्ति रहेको र दुई पटक त्यसका लागि आफू २० दिन ध्यानमा बसेको उहाँले स्मरण गराउनु भयो । उपप्रधानमन्त्री श्रेष्ठले यस अघि आफूले भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको रुपमा त्यहाँ पनि योग तथा ध्यान शिविर संचालन गर्न खोजेको तर समय अभावका कारण त्यसलाई लागू गर्न असमर्थ भएको समेत बताउनु भयो ।

उपप्रधानमन्त्री श्रेष्ठले काठमाडौं महानगरपालिकालाई सिंहदरवार, शीतल निवास र बालुवाटारको फोहोर उठाउदिन भन्न नमिल्ने बताउनु भयो । कुनै एउटा सन्दर्भलाई लिएर काठमाडांै महानगरपालिका मेयर बालेन साहले भनेको प्रसंगलाई उधृत गर्दै उहाँले त्यसो भन्न मिल्छ कि मिल्दैन रु भनेर सोची दिन आग्रह गर्नु भयो ।

उपप्रधानमन्त्री श्रेष्ठले फोहोरी राजनीतिलाई सफा गरेर देशलाई बनाउनुपर्ने दोहो¥याउनु भयो । उहाँले आफू सन्यासी भएको पनि त्यस अवसरमा उल्लेख गर्नु भएको थियो ।


१ वैशाख २०८०, शुक्रवार २१:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु