punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राष्ट्रपति रामचन्द्र पौडेलले देशका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका व्यक्तिहरुलाई विभूषण प्रदान

Chaupati
safha napa

राष्ट्रपति रामचन्द्र पौडेलले देशका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका व्यक्तिहरुलाई विभूषण प्रदान गरेका छन्। शीतल निवासमा आज शुक्रबार आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले ती व्यक्तिहरुलाई विभूषण प्रदान गरेका हुन्।

राष्ट्रपति पौडेलले एक जनालाई नेपाल रत्न, तीन जनालाई राष्ट्र गौरव, एक जनालाई सुप्रसिद्ध प्रबल जनसेवाश्री, १४ जनालाई प्रसिद्ध प्रबल जनसेवाश्री, १६ जना सुकीर्तिमय राष्ट्रदीप, एक सय ६५ जनालाई सुप्रबल जनसेवाश्री, छ जनालाई कीर्तिमय राष्ट्रदीप, तीन सय १६ जनालाई प्रबल जनसेवाश्री, एक जनालाई राष्ट्रदीप र २ सय पाँच जनालाई जनसेवाश्री पदक प्रदान गरे ।

राष्ट्रको गौरव बढाउन अतुलनीय योगदान गर्ने पूर्वप्रधानमन्त्री स्व सुशील कोइराला मरणोपरान्त विभिन्न क्षेत्रका ७ सय २८ जना विभुषित भएका हुन् ।

विभूषण वितरण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत सहभागी थिए।


१ वैशाख २०८०, शुक्रवार १९:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु