punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा भूकम्पको उच्च जोखिम : ६ महिनामा १४ पटक भूकम्प

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशमा भूकम्पको उच्च जोखिम रहेको जानकारहरूले बताएका छन् ।  सुदूरपश्चिम र कर्णाली प्रदेशमा ६ महिनामा  चार रेक्टर स्केलभन्दा माथिका १४ वटा भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ ।

कात्तिक २२ गते खप्तडबाबाको आश्रम आसपास  केन्द्रविन्दु भई भूकम्प गएयता चार रेक्टर स्केलका देशभर २६ वटा भूकम्प गएकोमा १४ वटाको केन्द्रविन्दु सुदूरपश्चिम र कर्णाली प्रदेशमा रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले बताए । शर्माले भने, ‘देशभरका अनुपातमा यस क्षेत्रमा धेरै भूकम्प गइरहेको छ, यसकारणले पनि देशको पश्चिम भाग भूकम्पको उच्च जोखिममा रहेको छ ।’

आइतबार राति १०:२७ मिनेट जाँदा बाजुराको स्वामिकार्तिक गाउँपालिका साप्पाटा आसपास केन्द्रविन्दु भई ४.३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ ।  देशका पश्चिमी भागमा गएका १४ भूकम्पमध्ये  सबैभन्दा बढी बाजुरामा पाँचपटक भूकम्प गएको छ ।

कात्तिक २२ गते डोटी केन्द्रविन्दु भई आएको भूकम्पमा मानवीय क्षतिसमेत भएको थियो । विभिन्न समयमा आएको भूकम्पका कारण घर तथा सार्वजनिक भवनहरू चर्किनुका साथै बस्न अयोग्य भएका छन् । भूकम्प प्रभावितहरू कोही त्रिपालमा छन् भने केही जोखिम मोलेर चर्किएकै घरमा बस्न बाध्य छन् ।

१४ वटा भूकम्पमध्ये १० सुदूरपश्चिम प्रदेशका विभिन्न मागमा र चार कर्णाली प्रदेशका विभिन्न मागमा रहेका छन् । चार रेक्टर स्केलका एक हजारभन्दा धेरै पराकम गएको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ ।


१३ चैत २०७९, सोमवार ११:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु