punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

वैशाख १० उपनिर्वाचन: आजबाट दल दर्ता सुरु

Chaupati
safha napa

रिक्त रहेका क्षेत्रका लागि उपनिर्वाचनको दल दर्ता बुधबारबाट सुरु हुँदैछ।

उपनिर्वाचन आगामी वैशाख १० गते हुँदैछ। आजबाट सुरु हुने दल दर्ता चैत १२ गतेसम्म हुने निर्वाचन आयोगले जनाएको छ।

आयोगले दल दर्ताका लागि राजनीतिक दलहरूलाई आह्वान गरिसकेको छ।

चितवन-२, बारा-२ र तनहुँ-१ मा उपनिर्वाचन हुन लागेको हो।

चितवन- २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने निर्वाचित भएका थिए। नागरिकतासम्बन्धी मुद्दामा उनको सांसद पद गुमेको थियो।

बारा क्षेत्र नम्बर २ मा निर्वाचित भएका रामसहाय प्रसाद यादव चैत ३ गते उपराष्ट्रपति निर्वाचित भएपछि उनले सांसद र पार्टीबाट राजीनामा दिएका छन्।

तनहुँ १ बाट निर्वाचित कांग्रेस नेता रामचन्द्र पौडेल फागुन २५ गते राष्ट्रपति निर्वाचित भएसँगै सांसद पदबाट राजीनामा दिएका थिए।

आयोगले रिक्त रहेका तीनवटै क्षेत्रमा एकैचोटि निर्वाचन गर्ने जनाएको छ।


८ चैत २०७९, बुधवार ०८:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु