punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ट्याक्टरको ठक्करबाट कैलालीमा १८ महिने बालकको मृत्यु

Chaupati
safha napa

ट्याक्टरको ठक्करबाट कैलालीमा १८ महिने बालकको मृत्यु भएको छ ।

जिल्लाको टिकापुर नगरपालिका–१ ब्लक नम्बर ७ का तनविर अन्सारीका १८महिनाका छोरा हारिस अन्सारीको सोमबार बिहान ट्याक्टरको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

पार्किङ गरिराखेको सु.प.प्र.०१–००२ त ६४८४ नम्बरको ट्याक्टर सडकमा निकाल्ने क्रममा ट्याक्टरको ठक्करबाट बालक गम्भीर घाइते भएका थिए । उनको टिकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कुलदेव चन्दले जानकारी दिए ।

ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


२९ फागुन २०७९, सोमवार १८:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु