punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतीय चलचित्र आरआरआरको ‘नाटु-नाटु’ ले रच्यो इतिहास, जित्यो ओस्कार अवार्ड

Chaupati
safha napa

निर्देशक एसएस राजामौलीको फिल्म आरआरआरको ‘नाटु-नाटु’ गीतले ‘उत्कृष्ट ओरिजनल गीत’तर्फको ओस्कर अवार्ड जितेको छ।

‘नाटु-नाटु’ नै ओस्कार अवार्ड जित्ने भारतीय फिल्म उद्योगमा बनेको पहिलो गीत पनि हो।

यो गीत कम्पोज गरेका एमएम किरावानीलेने पुरस्कार जितेपछि एकेडमी अवार्ड्सलाई धन्यवाद दिए। उनले भने, ‘म ठूलाबडाको कुरा सुन्दै हुर्किएँ, आज म ओस्कार जित्ने अवस्थामा पुगेको छु।’

एमएम किरावानीले कम्पोज गरेको गीतको शब्द चन्द्रबोसले लेखेका थिए। गीतमा राहुल सिपलीगञ्ज र काल भैरवको स्वर छ।

यसको सबैभन्दा चर्चित नृत्य रहेको छ। रामचरण र एनटिआरले गरेको हुकस्टेपको झलकले नै संसारभर चर्चित भएको थियो।

यसअघि भारतको ‘द ऐलिफेन्ट व्हिसपरर्स’ ले उत्कृष्ट डक्युमेन्ट्री सर्ट फिल्मको ओस्कर अवार्ड जितेको थियो।

नाटु-नाटु गीतमा ‌ओस्कारको मञ्चमासमेत नृत्य गरिएको छ। जसलाई दर्शकले बहुतै मन पराएका थिए।

यसका अलावा निर्देशक शौनक सेनले बनाएको डकुमेन्ट्री ‘ल द्याट ब्रिद्स’ उत्कृष्ट डकुमेन्ट्री फिचर फिल्म क्याटेगरीको अवार्डसम्म पुगेर चुकेको थियो।


२९ फागुन २०७९, सोमवार ११:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु